एक मेयरको पदमा कुकुरले जितेपछी ..... कारण रे रहेछ हेर्नुहोस्..

अमेरिकाको मिनेसोटा राज्यमा एउटा सानो गाउँ छ कारमोरेन्ट । यो राज्यमा एक सात वर्षीय श्वान ड्युक मेयर बनेको छ । स्थानीय बिक्रि केन्द्रको अनुसार नगरका १२ जना मानिसहरुले एक–एक डलर दिएर मतदान गरेका छन् र ड्युकको पक्षमा धेरै मतदान खसेका कारण उक्त कुकुरले मेयरको पद जितेको बताइएको छ । यो जानकारी सोशल मिडियामा पनि प्रकाशित भएको छ । सूत्रका अनुसार मेयरशिपको लडाईँमा एकजना पसले पनि थिए तर उनले ड्युकले पाएको भन्दा आधा मत पनि पाएनन् । एक स्थानीय नागरिक ट्रिसिया मैलोनीले स्थानीय टिभी च्यानलसँग कुरा गर्ने क्रममा बताइन् कि कोरमोरेन्ट स्टोरका मालिक रिचर्ड शेरब्रुकले त्यति भोट पाएनन् जति ड्युकले पाएका थिए । ड्युकको कार्यकाल एक वर्षको हुनेछ । अब तपाईं अनुमान गर्नुहोस् कि ड्युकको तलब कति होला ? उनको तलब भनेको एक वर्षसम्म एक स्थानीय पेट फुड स्टोरबाट बिहान बेलुकाको खाना पाउनु हो । (एजेन्सी) -

0 comments

Write Down Your Responses