चरी प्रकरणमा बामदेबको राजीनामा माग्ने चेतावनी, मलाई गुण्डाको संरक्षक भनेपनि फरक पर्दैनः राजेन्द्र पाण्डे
काठमाडौं, साउन २४– एमाले नेता तथा सभासद राजेन्द्र पाण्डेले गुण्डा नाइके दिनेश अधिकारी चरी मृत्यु प्रकरण मानवअधिकारसँग जोडिएको मुद्दा भएको बताएका छन् ।
उनले चरी प्रकरणलाई उचाल्दा आफ्नो छबी र प्रतिष्ठामा कुनै फरक नपर्ने भन्दै प्रहरीले आपराधिक गतिविधिमा संलग्नहरुलाई कानुब बमोजिम कारबाही गर्नु पर्ने बताए । शनिबार नयाँ पत्रिकामा प्रकाशित अन्तरवार्तामा भनिएको छ–यो मानवअधिकारसँग जोडिएको मुद्दा हो, यसलाई उचाल्दा मेरो छबी बिग्रीयोस् मलाई चिन्ता छैन ।
उनले घटना नियोजित भएको भन्दै न्यायिक छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिँदै गृहमन्त्रीले शुक्रबार संसदमा दिएको जवाफ चित्तबुझ्दा नभएको बताए । उनले चरी प्रकरणलाई त्यत्तिकै सेलाउन नदिने भन्दै आगमी साउन २७ गतेको संसद बैठकमा पनि जोडदार रुपमा आवाज उठाउने बताए ।
उनले घटनकै विषयलाई लिएर तत्काल गृहमन्त्रीको राजनीमा माग्ने पक्षमा नरहेपनि आफूहरुको आवाजको सम्बोधन नभए आफ्नै पार्टीका गृहमन्त्री भएपनि राजीनामाको माग पनि आउन सक्ने चेतावनी बताए । उनले भने– अहिले गृहमन्त्रीको राजीनामा मागेका छैनौं, २७ गतेको संसद बैठकमा फेरि आवाज उठाउँछौं, यसमा गृहमन्त्री नै पूर्ण जिम्मेवार व्यक्ति हो, रहँदाबस्दा उनको राजीनामाको माग पनि आउन सक्छ ।
0 comments
Write Down Your Responses