अस्पतालमा भर्ना भएका २०० जिउदा विरामीहरूलाई मृत घोषणा गरेपछी .........?

सिड्नी एजेन्सी,
– अष्ट्रेलियाको अस्टिन अस्पतालले बिहिबार २०० बिरामीलाई जिउँदो हुँदा हुँदै पनि मृत घोषणा गरेको छ । यी सबै बिरामीका आफन्तलाई हस्पिटलबाट एउटा फ्याक्स पठाइयो जसमा उनीहरुको मृत्यु भएको खबर उल्लेख गरिएको थियो । अस्पतालले उक्त घटनाको सफाई दिँदै बिरामी डिस्चार्जको खबर दिनुपर्ने ठाउँमा मृत्युको सन्देश गएको बताएको छ । अस्पतालको बयान भन्छ, ‘हामीले ती सबै बिरामीहरुसँग आफ्नो गल्ती स्विकार गरि माफी मागिसकेका छौँ । तीमध्ये धेरैले हाम्रो गल्तीलाई बुझ्दै माफी पनि दिएका छन् ।’ यो घटनाले बिरामीको हेरचाहमा भने केहि असर नपुगेको अस्पतालले दाबी गरेको छ । अस्ट्रेलियाको मेडिकल असोसियसनले यस्तो प्रकारको गल्ती कुनै हालतमा पनि स्विकार्य नहुने बताउँदै यस्तो गल्तीले मानिसहरुको भावनामा चोट पुग्ने बताएको छ । -

,

0 comments

Write Down Your Responses