हामी त बाँदर रहेछौं : बाबुराम भट्टराई
वीरगन्ज:
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको
दुरवस्थाले एमाओवादी नेता बाबुराम भट्टराईको चित्त दुखेको रहेछ ।
पूर्वप्रधानमन्त्री भट्टराईले सोमबार कृषिप्रधान मुलुकको
सबैभन्दा पुरानो अनुसन्धान केन्द्रको अवलोकन गरी त्यसका गतिविधिको जानकारी
वैज्ञानिकहरूबाट लिएका थिए। जानकारी लिएलगत्तै उनले ट्विट गरे, 'बाराको परवानीपुरस्थित
कृषिप्रधान देशको अग्रणी अनुसन्धान केन्द्रको दुरवस्था देख्दा हामी बाँदर रहेछौं
भन्ने लाग्यो।'
'पहिले नार्क (कृषि अनुसन्धान परिषद्) मा पर्याप्त बजेट
छैन भन्ने गुनासो सुनेको थिएँ', भट्टराईले ट्विट गरेपछि अन्नपूर्णसँग भने, 'केन्द्रलाई साधन
सम्पन्न र आधुनिकीकरण गरिनुपर्नेमा भएका पुराना संरचना जीर्ण छन्, केन्द्र पनि हराभरा
छैन।'
भट्टराईको ट्विटप्रति केन्द्रका वैज्ञानिकले भने
असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले यसबारेमा छलफल पनि गरे। केन्द्रप्रमुख
कैलाशप्रसाद भुँडेरले ट्विटबारे प्रतिक्रिया दिँदै भने, 'उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग
गरेर हामीले अनुसन्धानकार्य गरिरहेका छौं। उहाँले के देखेर यस्तो लेख्नुभएको होला?' अर्का एक वैज्ञानिकले
ठट्टा गर्दै भने, 'हामीले पनि ट्विटमा
प्रतिक्रिया जनायौं भन्ने साइबर क्राइममा जेल परिएला।'
भट्टराईसँगै एमाओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री
पुष्पकमल दाहाल र अर्का नेता नारायणकाजी श्रेष्ठले केन्द्रको अवलोकन गरेका थिए।
अन्नपुर्ण पोष्टवाट


0 comments
Write Down Your Responses