काम नै बेश : गाउँमै ‘विदेश’

उहाँसँग अहिले जर्सीको साँढे सहित १७ वटा गाई र वाच्छी छन । गाईको दुध, गोबर र गौमुत्र बिक्रिी गरेर मासिक ५० हजार रुपैंया कमाई हुने उहाँले बताउनुभयो । धनबहादुर पेशाले पशु प्राविधिक पनि हुनुहुन्छ । उहाँले उच्च शिक्षा पढिसकेपछि सरकारी नोकरीका लागि प्रयास नै गर्नुभएन । ‘मलाई राम्रो गाई फार्म खोल्ने र नयाँ काम गरेर पहिचान बनाउने रहर थियो, त्यसमा म सफल भएँ’ उहाँले भन्नुभयो, ‘साथीहरुले विदेश जाँउ समेत भने, तर कहिल्यै पनि विदेश जाने ईच्छा नै जागेन ।’ ताल–तलैयामा गएर माछा मार्ने र मजदुरी गरेर खाने थारु समुदायमा गाईभंैसी जपाल्ने काम कमै गरिन्छ । ‘मैले पशुपालन व्यवसाय सुरु गर्छु भन्दा पनि थारु समुदायका मानिसहरु हाँस्ने गर्थे’ उहाँले भन्नुभयो । पटेलामा रहेको झण्डै डेढ बिघा जग्गामा घाँस लगाएर बनाएको गाई फार्ममा उहाँसँग ५ दुध दिने, ६ ब्याउने, ५ बाच्छी र एक जर्सी साँढे गरी १७ गाई र साँढे छन । उहाँले एकजना भारतीय नागरिकले बेहडाबाबा मन्दिरमा चढाएको जर्सी साँढे आफ्नो गाई फार्ममा ल्याएर पाल्नु भएको हो । कैलालीको उर्मा गाविसमा पर्ने बेहडाबाबा मन्दिर, भारतको उत्तर प्रदेश र विहारमा रहेका भारतीयहरुले कुलदेवता मान्ने गर्छन ।

, , , , , , , , ,

0 comments

Write Down Your Responses