एक लाख ५० हजारमा भारतको वेश्यालयमा विक्री गर्ने गिरोह पक्राउ
विराटनगर—
मोरङको एक
युवतीलाई ललाइफकाई भारतको दिल्लीस्थित वेश्यालयमा रु एक लाख ५० हजारमा बिक्री
गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। पक्राउ
पर्नेमा झापाको दमक नगरपालिका गोर्खाली टोल निवासी ४५ वर्षीया मीना तामाङ, सोही
स्थान बस्ने २२ वर्षीया सुजना तामाङ, २२ वर्षीय
विष्णु तामाङ र २५ वर्षीय सुनवार राई छन् ।अनुसन्धानका क्रममा पक्राउ परेकालाई
आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ। रासस

0 comments
Write Down Your Responses