त्रिशूली नदीले वगाएर एक युवक वेपत्ता





 डियर संचार
 नुवाकोटका एक युवकलाई त्रिशूली नदीले वगाएर वेपत्ता पारेको छ । नदीमा पानी लिन जांदा त्रिशस्लीले वगाएर रातमाटे गाविस वडा नं. २ का २७ वर्षिय राजाराम खतिवडा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
 खतिवडालाई वर्षात्का कारण नदीमा वढिरहेको पानीको वहाव र सतहका कारण सोमवार दिउंसो पानी भर्न लाग्दा चिप्लिएर लड्न पुगेर नदीले वगाएर वेपत्ता वनाएको प्रहरी निरीक्षक सन्तोष आचार्यले जानकारी दिए । उनको त्रिशूली नदी किनारामा स्थानीयवासी तथा प्रहरीले खोजी गरिरहेका छन् ।

0 comments

Write Down Your Responses