मेरो वेड सिनले मेरी श्रीमतीसंग कहिल्यै टकराव ल्याएको छैन :---विक्रम भट्ट

आजकाल एक बोल्ड गीत आज फिर तुम परले  नेपाल र इन्डिया तताएको छ ।

 सुपरहिट गितले  संगित प्रमीहरूको रातको निन्द्रा नै उडाएको छ । मानिसहरु हेटस्टोरी २प्रदर्शन हुने दिनको व्यग्र प्रतिक्षामा छन् । विक्रम भट्टको यो सिक्वेल फिल्ममा टिभिका हिरो जय भानुशाली र हिरोइन सुरवीन चावलाको मुख्य भुमिका रहेको छ । फिल्मको यो गीतमा दुबै निकै इन्टिमेट भएको देखिन्छन् । सुन्नमा आएको छ कि यो गीतको बारेमा जयकी असली श्रीमती माही निकै रिसाएकी छिन् । तर, यसको खण्डन गर्दै जयले यो कुरा साँचो नभएको बताउँछन् । हुन त माहीलाई यो सबै कुरामा के आपत्ति होला र ? माही पनि व्यवसायिक छिन् र जे कुरा फिल्ममा देखाइन्छ त्यो सबै फिल्मको कहानीको हिस्सा भएको कुरा उनलाई थाहा छ । उनी भन्छन्, ‘यी सबै कुराहरु आधारहिन हुन् । म मेरी श्रीमती माहिलाई निकै माया गर्छु र उनी त्योभन्दा बढि माया मलाई गर्छिन् । उनी मेरो इन्टिमेट दृश्यहरुसँग निकै सजिलो महसुस गर्छिन् । यो फिल्मको ट्रेलर ६ जुनमा लञ्च गरिएको थियो र युट्युबमा यसलाई २०,००,००० हिट्स पाएको छ । 




0 comments

Write Down Your Responses