माघेसंक्रान्ति तारूका गोरूमेला -१६ हल गोरु जुधाउने तयारी - यसरी जुधाईन्छ गोरू ,भिडियो हेर्नुहोस् ।

  देवचन्द्र भट्ट
 नुवाकोट, पुस ३० गते
  माघे सक्रान्ती मेलामा  जुधाउनका लागी यस वर्ष १६ हल गोरु तयारी अवस्थामा राखिएको मेला आयोजकले वताएका छन् । सदियौंदेखि नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा प्रत्येक वर्ष गरिदै आएको गोरु जुधाउने मेला यस वर्ष पनि भव्य रुपमा गरिने भएको छ । हजारौंलाई दोखाउन  मेलामा यसवर्ष पहिलो पटक दुई जना गोरु धनीहरुले आफ्नो गोरवीच वाजी थापेका छन् । मदन श्रेष्ठ र विष्णुमान श्रेष्ठ दुवैले आफ्नो गोरुले जितेको अवस्थामा हार्ने गोरु नै घर लैजाने वाजी थापेका छन् ।
 मेलामा दर्ता शुल्क प्रति गोरु पांचसय रुपैया तथा जित्नेलाई एकहजार पांचसय र हार्ने तथा सहभागी गोरु धनीलाई एकहजार रुपैयासहित प्रमाण पत्र प्रदान गरिने तारुका माघे संक्रान्त्रि मेला व्यवस्थापन समितिले जनाएको छ । नेपालमै नुवाकोटमा मात्र माघेसङ्क्रान्तिमा मनाइने गोरु जुधाई मेला यस वर्ष तारुका र वेत्रावतिमा विशेष रुपमा सम्पन्न गर्न स्थानीयवासी जुटेका छन् ।
 सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको ऐतिहासिक महत्व बोकेको गोरु जुधाई मेला प्रत्येक वर्षको माघे संक्रान्तिका दिन भव्य रुपमा गरिदै आएको छ । तारुका गोरु जुधाई मेलाको चन्दनीको ठुलो पाटोमा युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले उद्घाटन गर्ने तय भएको तारुका माघे संक्रान्त्रि मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानवहादुर वख्रेलले वुधवार विदुरमा पत्रकार सम्मेलन गरि जानकारी दिए ।
 माघेसङ्क्रान्तिमा नदी किनार र  घाटमा स्नान गरी चाकु, घिउ, तरुल लगायत मिष्ठान्न भोजन गर्ने हिन्दू परम्पराका साथमा  सदियौंदेखि नुवाकोटमा भने गोरु जुधाएर छुट्टै मनोरञ्जन लिइदै आएको छ । तारुकाको पौरख नेपालको गौरव भन्ने नाराका साथ तारुकामा गोरु जुधाउने मेला यस वर्ष महोत्सवको रुपमा मनाइने भएको छ ।
 कार्यक्रममा स्पेनमा हुने ‘बुल फाइटिङ’ का लागि विश्वको चासो हुने गरे पनि नेपालको यो प्रतियोगिताप्रति सरकार र अन्य पक्षको ध्यान पुग्न नसकेको अवस्थामा पहिलो पटक युवा तथा खेलकुद मन्त्रिको सहभागिता रहने मेला व्यवस्थापन सल्लाहकार रामहरि न्यौपानेले वताए । ग्रामीण भेगमा रहेको गोरु जुधाई संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि यस्ता मेलाको संरक्षण र प्रोत्साहन हुनुपर्नेमा जोड दिइएको छ ।
 तारुकामा विगत १३ वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाइदै आएको छ ।  हरेक वर्ष मकर संक्रान्तिको दिन तारुका गाविस वडा नं. ५ चन्दनीको बारीको ठूलो पाटोमा जुधाइँदै आएको गोरु जुधाई मेला यस वर्ष भने राजनीतिक दलहरुको समन्वयमा चन्दनीमा जुधाइने तयारी सम्पन्न गरिएको छ ।
 मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्न तारुकाको चन्दनीमा भएको भेलाले ज्ञानवहादुर वख्रेलको अध्यक्षतामा नौ सदस्यीय तारुका माघे संक्रान्ति मेला व्यवस्थापन समिति गठन भएको छ । सचिवमा वासुदेव अधिकारी र कोषाध्यक्षमा शेरवहादुर तामाङ रहेका छन् । समितिमा मुख्य राजनीतिक दलका व्यक्तिहरु रहेका छन् ।
 समितिले जुधाइने गोरुको मुल्यांकन गरेर विमासमेत गरिएकोे समितिका सल्लाहकार समरवहादुर आलेमगरले जानकारी दिए । यस वर्ष माघेसंक्रान्तिमा जुधाउनका लागि तोकिएकोे समय सीमा भित्रमा १६ हल गोरु जुधाउने प्रतिस्पर्धाका लागी तयार भएको समितिले जनाएको छ ।
 गोरु जुधाई यस वर्ष एकै स्थान चन्दनीमा सम्पन्न गरिने भएको छ । यसवर्ष दलहरुको समन्वयमा मेला व्यवस्थापन समिति बनाएर गोरु जुधाउने पर्व भव्य र सभ्य रुपमा मनाउन लागेका हुन् । तारुकाको लोकप्रिय गोरु जुधाउने मेला फरक संस्कृतिको रुपमा देशैभर लोकप्रिय भइरहेको स्थानीय वृद्ध रेशमलाल श्रेष्ठले वताए । उनले ४० वर्षदेखि आफ्नो गोरु जुधाउंदै आएका छन् ।
 तारुकाको गोरु जुधाइलाई राष्ट्रिय रुपमै स्थानीय मौलिक संस्कृतिको रुपमा विकास गरिनु पर्ने स्थानीयवासी तथा जिविस नुवाकोटका पुर्व सभापति नारायणप्रसाद खतिवडाको भनाई रहेको छ । एक वर्षदेखि जुधाउनका लागी पोषिला खाद्यवस्तु खुवाएर वलियो वनाइएका गोरुलाई एकैस्थानमा समेटेर जुधाइने गरिएको छ ।
 तारुकाको चन्दीको गोरु जुधाई मेला सदियौं पहिले मावली आएका वझाङी राजा जयपृथ्वीवहादुर सिहलाई मनोरञ्जन दिलाउने उद्देश्यले सदियौं पहिले देखि सुरु भएको वुढापाकाहरुको भनाई रहेको छ । यस मेला अव राष्ट्रिय रुपमा चर्चित भइसकेको कारण स्थानीय पर्वको मात्र नभई राष्ट्रिय मेलाको रुपमा विकसित गरिनु पर्ने स्थानीय वृद्ध झमवहादुर प्रधानको भनाई छ ।
 तारुकाको चन्दनीमा रहेको सयौं रोपनी जग्गा वझाङी राजाकै विर्ता रहेको वताइन्छ । गोरु जुधाएको हेर्नका लागी माघ १ गते हजारौं सर्वसाधारण नुवाकोटको देवीघाट र धादिङको गल्छीवाट तारुका प्रवेश गर्दछन् । तारुका पुग्न धेरै कालोपत्रे सडक र पांचकिलोमिटर कच्ची मोटरवाटो रहेको छ ।
 तारुकाको यस सांस्कृतिक पर्वलाई राजनीतिक रङ्गबाट जोगाइनु पर्ने माग पनि उठिरहेको छ । तर, राजनीतिक दलहरुको सहयोग लिएर मेला सम्पन्न गर्ने तयारी भइरहेको छ । गोरु जुधाइ मेला स्थानीय भजन, पञ्चेबाजालगायत सांस्कृतिक कार्यक्रमका साथ आयोजना गरिन लागेको समितका अध्यक्ष ज्ञानवहादुर वख्रेलको भनार्ई छ ।
 ता

भिडियो -


रुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले सुरु भएको भन्ने आधिकारिक तिथिमिति कहि कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो पर्व करिब दुई सय वर्ष पुरानो मानिन्छ । हिउँदमा फुर्सदको समयमा किसानहरु माघेसङ्क्रान्ति पारेर मीठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको थालनी भएको स्थानीय पिमलटार माविका शिक्षक शिवप्रसाद पनेरुले बताए ।
 पहिले तारुका, बुधसिङ, रातमाटे, थानसिङ, गेर्खु, दुइपीपललगायत गाविसमा पनि गोरु जुधाइने गरिन्थ्यो । हाल तारुका, गेर्खुको वेत्रावति र थानसिंहमा गोरु जुधाइन्छ । अन्यन्त्र यस परम्परा हराइसकेको छ भने तारुकाले व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिइरहेको छ ।
 यस्तै, नुवाकोट र रसुवाको सिमाना वेत्रावतिमा पनि गोरु जुधाउन सुरज लवटको अध्यक्षतामा समिति गठन भएको छ । नुवाकोटको गेर्खु गाविस वडा नं. ९ वेत्रावतिमा गोरु मेलामा १० हल गोरु जुधाइने तयारी भएको छ ।
 तारुकामा पछिल्लो १३ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौं, धादिङका गरी हजारौंको सङ्यामा दर्शकको अवलोकनमा सहभागिता हुने गरेको छ ।
 उता, नुवाकोटको उतरगया स्थित बेत्रावतीमा माघे सङक्रांती मेलाको सम्पर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मेला गोसाईकुण्ड युवा क्लबको आयोजनामा हुन लागेको हो । उत्तरगया श्रेत्र विकास समितिका अध्यक्ष शिबशंकर डंगोलले धार्मिक महत्व बोकेको बेत्राबतीमा गोरु जुधाइले धार्मिक तथा पर्यटकिय क्षेत्रमा छुट्टै महत्व बोकेको बताए ।
 गोसाइकुण्ड युवा क्लबका अध्यक्ष सुरज लवटले उतरगयाको बिकाश र पहिलेदेखीको रितिरिवाजको पालना गर्न कार्यक्रम आयोजना गरिएको बताए । माघे सङका्रतीमा आठ हल गोरु जुधाउन तयार गरिएको गोरु जुधाई छनौट तथा मुल्याङ्कन समितिका संयोजक अष्टमान डंगोलले बताए ।
 नेपालको इतिहासमा लेखिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो वेत्रावतीमा पनि गोरु जुधाई हुने भएको हो । पछिल्लो ६ वर्षदेखि वेत्रावतीमा पनि प्रत्येक माघेसङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ ।


,

0 comments

Write Down Your Responses